सिन्धुपाल्चोक दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ७ को मात्रै सनाखत

काठमाडौंः सिन्धुपाल्चोकको ६ किलो मोडमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।घटनास्थलमै १२ जना र तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये ६ जनाको सनाखत भएको छ ।

मृत्यु भएकामध्ये सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की ३७ बर्षिया सविना तामाङ, २८ बर्षिया शुकबहादुर तामाङ, २७ बर्षिया मञ्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ बर्षिया जुनुमाइ तामाङको सनाखत भएको छ ।

त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २९ बर्षिया महेश तामाङ, लक्ष्मी श्रेष्ठ र काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाँउपालिका–५ का ४५ बर्षिया रामशरण खत्रीको समेत खनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । मृतक अन्यको सनाखतको प्रयास भइरहेको छ ।

दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्