भारतद्वारा वेस्ट इन्डिजलाई २८८ रनको लक्ष्य, शतक बनाउन चुके पन्त र अय्यर

काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई २ सय ८८ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए ।

याे पनि पढ्नुस  शतक बनाउन २ रनले चुके स्मिथ!

रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे ।

बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।

याे पनि पढ्नुस  वानडे सिरिजः अफगानिस्तानमाथि वेष्ट इन्डिजको शानदार जित

कमेन्ट गर्नुहोस्