सिँढी चढ्दाचढ्दै लडे मोदी!

एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो । कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो ।

सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए । जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी उनी लड्न पुगे।

याे पनि पढ्नुस  मोदी र पुटिनबीच टेलिफोन कुराकानी

उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले हत्तपत्त उठाउछन् । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्