‘गैरकानुनी क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरी थप क्रियाशिल हुनुपर्छ’

भोजपुरः प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको उद्‍घाटन गर्दै आईजीपी खनालले सो कुरा बताएका हुन् ।

याे पनि पढ्नुस  आस्था राउतलाई ४ दिन हिरासतमा अनुमति

संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै खनालले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । नयाँ भवनसँगै थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।

उक्त अवसरमा महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

याे पनि पढ्नुस  काठमाडौंमा खटिएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरी नागरिक केन्द्रीत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरेका थिए ।

याे पनि पढ्नुस  एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

कमेन्ट गर्नुहोस्