काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज टिमका महत्वपूर्ण सदस्य शिमरोन हेटमाइरले शानदार अर्धशतक बनाएका छन् ।
उनले ५० बलमा एक छक्का र ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । वानडेमा हिटमायरको यो पाँचौ अर्धशतक हो ।
यसअघि चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो ।
उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए ।
रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे ।
बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।