भातविरुद्ध होपको अर्धशतक, बलियो अवस्थामा वेस्ट इन्डिज

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज टिमका ओपनर साई होपले अर्धशतक बनाएका छन् ।

उनले ९३ बलमा ३ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । वानडेमा होपको यो पन्धौँ अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिजले ३१ ओभरमा १ विकेट गुमाएर १ सय ६८ रन बनाएको छ ।

यसअघि चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए ।

रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे ।

बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्