सुन्दर र सर्मिलाको ‘बालिङ त्रियासी’ बजारमा (भिडियोसहित)

काठमाडौंः नेपाली लोक दोहोरीमा मैलिक सिर्जना बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ‘बालिङ त्रियासी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालुको यादमा जीवन विताउने प्रेमी प्रेमिकाको जीवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा रामचन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ ।

मौलिक भावहरु र जीवनका बास्तविक भावनाहरु गीतमा ब्यक्त गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायकले बताए ।

टार्जन खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘बालिङ त्रियासी’ गीतको भिडियोमा सुरज पर्वत छिनाल, सुन्दर, सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय छ ।

कमेन्ट गर्नुहोस्