चलचित्र ‘शुभ मंगल’ बन्ने, कुशल–सुरवीना मुख्य भूमिकामा

काठमाडौंः प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् ।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।

अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ ।

निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्