नेप्से दुई घण्टामा १.२३ अंकको गिरावट

काठमाडौंः सोमबार नेप्से कारोबार सुरु भएको दुई घण्टामा १.२३ अंकले घटेको छ ।  गत साताभरी बढ्दो अवस्थामा रहेको परिसूचक हिजोबाट भने ओरालो लाग्न थालेको हो ।

आज ११६७.८२ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधिमा ११६६.६४ बिन्दुमा पुगेको छ । आज ११ बजे ११६७.८२  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.११ प्रतिशतले घटेको छ ।

याे पनि पढ्नुस  पाँच अङ्कले बढ्यो नेप्से

कारोबार सुरु भएको दोस्रो घण्टाको सूरुवातमा १० अंकको हारहारीमा ओरालो लागेको परिसूचक यस अवधिको अन्तिम समयमा भने उक्लिएको हो ।

गत साता ४०.७२ विन्दुले बढेको नेप्से हिजो भने ४.७८ अंकले घटेको थियो ।

कमेन्ट गर्नुहोस्