दुई प्रतिवेदनमाथि टिप्पणी गर्दै नेकपा स्थायी समिति सदस्य

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सदस्यहरुले प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राखिरहेका छन् ।

याे पनि पढ्नुस  अछामको मल्लेखमा नेकपाका खड्का निर्वाचित

सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाहलगायतले टिप्पणी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

स्थायी समिति सदस्यहरुले बोल्ने क्रम जारी छ । त्यसकारण बैठक मंगलबारसम्मका लागि लम्बिने संम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्