कुमारी बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

काठमाडौं : कुमारी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०.२५% कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यद्दपि, ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । नेपाली पैसाबाट साभार

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  एक लाख ७४ हजार कित्ता ऋणपत्र लिलामीका लागि मूल्य घटाएर दोस्रो पटक आवेदन माग