माइत जान लागेकी श्रीमतीलाई रोक्न नसकेपछि डाँको छोडी रोए यी श्रीमान्! (भिडियोसहित)

काठमाडौंः श्रीमतीलाई माइत जानबाट रोक्न नसकेको भन्दै भारतमा एक जना डाकँो छोडी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् । अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन शुरू गर्छन् ।

याे पनि पढ्नुस  भारतमा यात्रु बस दुर्घटना, ७ को मृत्यु, २० घाइते

यो भिडियो फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन् । त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन् । उनले भन्छन्, ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु ।’ तर पत्नीले मान्दिनन् । उनले सम्बन्धविच्छेदको समेत कुरा गरेको भिडियोमा देख्न सकिन्छ ।

याे पनि पढ्नुस  लकडाउनमा छोरा अलपत्र परेपछि १४ सय किमी स्कूटर चलाएर भेटन पुगिन् आमा

कमेन्ट गर्नुहोस्