चर्चित गायिका म्याडोनाकी छोरीको ‘आर्ट बल’

हलिउडः चर्चित अमेरिकी गायिका म्याडोना विभिन्न कारणले हमेसा चर्चामा रहन्छिन् । यस पटक भने म्याडोना होइन उनकी जेठी छोरी लुरजस लियान चर्चामा छिन् । हालै लुरजसले मियामीमा चलिरहेको ‘आर्ट बल’ मा नांगो प्रस्तुति दिएकी छन् । उनको यो प्रस्तुतिका कारण उनी चर्चामा आएकी हुन् ।

डेली मिररको रिपोर्टअनुसार, २३ वर्षकी अर्ध क्यासबियन लुरजसले लगभग ३० अन्य कलाकारको साथमा यो प्रस्तुति दिएकी हुन् । प्रस्तुतिको समयमा लुरजसले एक टुक्रो कपडा मात्रै लगाएकी थिइन् । उनीबाहेक बाँकी सबै कलाकार लगभग नांगै थिए । यो प्रस्तुतिको क्रममा पाँच फिट ७ इन्च अग्ली लुरजसले ‘अन्डर आर्मस’ सफा गरेकी थिइनन् । उनी प्रस्तुतिको क्रममा डान्स गर्दै स्टेजबाट भीडसम्म आएकी थिइन् । लुरजसले आफ्नी आमाले जस्तै मिचिगन स्कुल अफ म्युजिक थिएटर तथा डान्स एकेडेमीबाट डिग्री गरेकी छन् ।

कमेन्ट गर्नुहोस्