आइपीएल अक्सनः आरसीबीले फिन्चलाई ४ करोड ४० लाखमा भित्र्यायो

काठमाडौंः अष्ट्रेलिया क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान आरोन फिन्च इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) मा आवद्ध भएका छन् ।

आज कोलकातामा जारी अक्सनमा उनलाई आरसीबीले ४ करोड ४० लाखमा टिममा आवद्ध गरेको हो । फिन्च अष्ट्रेलियाको टी–२० टिमका कप्तान समेत हुन् ।

याे पनि पढ्नुस  आइपीएल : रोहितको टिमले दियो केकेआरलाई १९६ रनको लक्ष्य

फिन्चले यसअघि आइपीएलमा किंग्स इलाभेन पन्जाबबाट पनि खेलिसकेका छन् ।

कमेन्ट गर्नुहोस्