महरालाई जेल पठाउने जिल्लाको निर्णय उच्च अदालतद्वारा सदर

काठमाडौंः उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णय सदर गरेको छ ।

महराले आफूलाई जेल पठाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । महरालाई किन पुर्पक्षका लागि थुनामा पठाइएको थियो भन्नेबारे आधार र कारण खुलाएर जिल्ला अदालतले ‘कैफियत प्रतिवेदन’ उच्च अदालत पाटनमा पठाएको थियो ।

याे पनि पढ्नुस  अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतायो (फैसलाको पूर्णपाठसहित)

उक्त निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले जिल्लाको निर्णय सदर गर्ने आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त निर्णय दिएको उच्च अदालतका शाखा शाखा अधिकृत ध्रुव सुवेदीले बताए ।

पाटनले जिल्लाको आदेश सदर गरेपछि महरा सर्वोच्च अदालत जान पाउँछन् । संघीय संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्