रियालिटी शो ‘रोडिज’को तेस्रो श्रृंखलामा शुरु

काठमाडौंः दोस्रो सिजनसम्म निकै रुचाइएको रियालिटी शो ‘रोडिजको’ तेस्रो श्रृंखला शुरु भएको छ । सोमबार रोडिजको तेस्रो सिजनको पहिलो एपिसोड प्रशारण भएको थियो ।

पहिलो एपिसोडमा काठमाडौंबाट छानिएका प्रतियोगी सहभागी भएका थिए ।

पहिलो एपिसोडमा छानिएका सात जनामध्ये जज अनुप विक्रम शाहीको टिममा तीन जना, पहिलो सिजनका विजेता जज समन श्रेष्ठका टिममा दुई जना रोडिज सुरुवातदेखि नै निर्णयक बनेकी दिया मास्केको टिम ‘एले’ मा एक जना र कार्यक्रम होस्ट गर्दै आएका रेमनदास श्रेष्ठले एक प्रतियोगी छानेका थिए ।

ग्रीन टिमका लिडर आशीष राणा लाहुरेको समूहमा कुनै प्रतियोगी परेनन् ।

कमेन्ट गर्नुहोस्