८ वर्षे बालक रेयानको युट्युब कमाई साढे दुई करोड डलर

काठमाडौंः इन्टरनेटमा कुन बेला को भाइरल हुन्छ, ठेगान हुँदैन । तर, भाइरल भएकाहरु कतिपय कमाइ पनि धेरै गर्ने गरेका छन् । यस्तै बालक हुन् ८ वर्षीय रेयान काजी । उनले आफ्नो यू–ट्यूब च्यानलबाट २०१९ मा २.६ करोड डलर कमाएका छन् ।

फोब्र्सले युट्युब प्लेटफर्ममा सर्वाधिक कमाइ गर्ने यू–ट्यूबका रुपमा काजीलाई उल्लेख गरेको छ । फोब्र्सका अनुसार सन् २०१८ मा २.२ करोड डलरको आम्दानी गरेर सर्वाधिक पैसा कमाउने यू–ट्यूबर बनेका थिए ।

याे पनि पढ्नुस  आजभोलि किन आइरहन्छ इन्टरनेटमा समस्या? यस्ता छन् कारण

रेयान खेलौनाको अनबक्सिङ तथा यसलाई खेल्दै गर्दा एउटा सानो भिडियो बनाउँछन् र उनको माता–पिता यसलाई यू–ट्यूबमा अपलोड गर्ने गर्छन् । च्यानलमा अब खेलौनका अतिरिक्त शैक्षिक भिडियो पनि राख्न थालिएको छ । रेयानका माता–पिताले २०१५ मा उनको च्यानल रेयान्स वल्र्ड गरेका थिए भने यो च्यानलमा रेयानका पहिले देखिनै २.२९ करोड युजर्स छन् ।

याे पनि पढ्नुस  प्रतिएमबी ५ पैसामै इन्टरनेट !

एनालाइटिक्स वेबसाइट सोशल ब्लेडको आंकडा अनुसार रेयानको कैयौं भिडियोको एक अर्ब भन्दा पनि बढी भ्यूज रहेको छ । उनको च्यानल बनेपछि अहिलेसम्मको अवधिमा करिब ३५ अर्ब भ्यूज मिलिसकेको छ । नेपालमा पनि फेसबुक, टिकटक र युट्युवमा भाइरल हुनेको संख्या बढ्दो देखिन्छ । यद्यपी यसमा खासै अनुसन्धान भने भएको पाइँदैन ।

याे पनि पढ्नुस  बढेको इन्टरनेटको मूल्य घट्ने

कमेन्ट गर्नुहोस्