कक्षा १ मा पढ्ने बालक वेपत्ता

कैलालीः धनगढीबाट ८ बर्षीय बालक वेपत्ता भएका छन् । बझाङ घर भएर धनगढीकाे शिवनगर बस्दै आएका ८ बर्षीय अनिष बाग वेपत्ता भएका हुन् ।

शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा अध्ययनरत बाग बिहीबार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केका थिए ।

याे पनि पढ्नुस  धनगढीमा ग्याङफाइट, अस्पतालमा पनि तोडफोड

अनिषका दाई नविन बागले रातिसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरेको बताउँदै अहिले सम्म फेला नपरेको बताए । उनले आफन्तहरुलाई सम्पर्क गर्दा पनि अनिषको पत्ता नलागेको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि खोजिका लागि खवर भइसकेको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीले उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

याे पनि पढ्नुस  कैलालीमा कोरोनाबाट थप २ संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्