पीपीएलमा पारसको टिमको लगातार तेस्रो जित

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) एक्सपर्ट धनगढी ब्लुजविरुद्ध चितवन राइनोज ५२ रनले विजयी भएको छ ।

चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी ४९, रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१, अमित यादवले नटआउट १७ रन बनाए ।

अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा चितवनका भुवन कार्कीले ३, सन्नी पटेल र करन केसीले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि आरिफ शेखले आज पनि विस्फोटक ब्याटिङ गरे । उनले २० बलमा ४ छक्का र २ चौका प्रहार गर्दै अविजित ४७ रन बनाए ।

यस्तै शन्नी पटेलले ३ छक्का र १ चौका हिर्काउँदै नटआउट ३२ रनको योगदान दिए । कप्तान पारस खड्का २३, बाबर हायात ३६, अनिलकुमार शाह १९रोहन मुस्तफा ९ र हरिशंकर शाह ८ रनमा आउट भए ।

बलिङमा धनगढीका अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ र अमित यादवले एक विकेट लिए ।

जारी प्रतियोगितामा चितवकनो यो लगातार तेस्रो जित हो । यता धनगढीको भने यो लगातार दोस्रो हो । उसले ३ म्याच खेल्दा २ मा हार र एक खेलमा मात्र जित हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्