आजको सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार पनि तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै निर्धारण गरिएको छ ।

चाँदीको भाऊ पनि आइतबार स्थिर नै रहेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्