नरिवलको रक्सी खाँदा ११ जनाको मृत्यु, सयौं अस्पताल भर्ना

मनिलाः नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा एघार जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु तीनसय जना अस्पताल भर्ना भएको रोयटर्सले जनाएको छ ।

उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने लगुना र क्वेन्जोल प्रान्तको रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

याे पनि पढ्नुस  रक्सी सेवन गरेर कार्यालय गए जागिर चट्

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।
रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उनले बताए ।

याे पनि पढ्नुस  रक्सीमा कोरोना विशेष शुल्क, ७० प्रतिशत मूल्यवृद्धि

उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् ।

याे पनि पढ्नुस  रक्सी पिएर बच्चा जन्माउन खोज्दा शिशुको मृत्यु

पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ । यसअघि गत् वर्ष समेत नरिवलको मदिरा सेवन गरेर कम्तिमा २१ जनाको मृत्यु भएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्