२० किलो चरेस बरामद

फाइल फोटो

वीरगञ्ज: सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।

याे पनि पढ्नुस  चरेससहित ७० वर्षीय बृद्ध पक्राउ

गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्