श्रीलंका विरुद्धको टी–२० सिरिजका लागि भारतद्वारा टिम घोषणा

काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजका लागि भारतले टिम घोषणा गरेको छ ।

भारतले आज घोषणा गरेको टिममा फास्ट बलर जसप्रित बुमराह टिममा फर्किएका छन् । उनी चोटका कारण केही समययता टिम बाहिर थिए । यस्तै टी–२० सिरिजमा रोहित शर्मा र मोहम्मद शामीलाई विश्राम दिइएको छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः न्यूजिल्याण्ड विरुद्धको दोस्रो खेलमा पनि भारत विजयी

रोहितको स्थानमा टिममा शिखर धवनलाई समावेश गरिएको छ । शिखरले चोटका कारण वेस्ट इन्डिज विरुद्धको सिरिज गुमाएका थिए ।

यस्तै श्रीलंका विरुद्धको टी–२० सिरिजमा दीपक चाहर हुने छैनन् । उनी चोटका कारण टिममा नपरेका हुन् ।

दीपकको स्थानमा अर्का फास्ट बलर नवदीप सैनीलाई मौका दिइएको छ । भारत र श्रीलंकाविरुद्धको ३ खेलकाे सिरिज ५ जनवरीदेखि सुरु हुँदैछ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः हङकङविरुद्ध ओमानको शानदार जित, नेपालको खेल भोलि

श्रीलंकाविरुद्ध खेल्ने भारतको  टी–२० टिम 

कमेन्ट गर्नुहोस्