नबिल बैंकले अब ३५ घण्टाभित्रै कर्जा स्वीकृत गर्ने

काठमाडौंः साना मझौला उद्यम (एसएमई) कर्जालाई सरलीकृत गर्दै नबिल बैंकले कर्जाका लागि आवेदन दिएको ३५ घण्टाभित्रै कर्जा स्वीकृत गर्ने घोषणा गरेको छ। बैंकले ७५ लाख रुपैयाँसम्मको कर्जा ऋणग्राहीको कम्पनी या परियोजनाको जोखिमको अवस्था हेरेर उच्चतम १०.५ प्रतिशत ब्याजदरमा कर्जा दिने स्किम सोमबार सार्वजनिक गरेको हो।

याे पनि पढ्नुस  नबिल बैंकले पनि माग्यो ६० जना कर्मचारी

‘नबिल बैंकले सेवा सुरु गरेको ३५ वर्ष भएको छ। यो अवधिमा बैंकले अर्थतन्त्रको विकास र विस्तारमा उल्लेख्य योगदान गरेको छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले भने, ‘एसएमईलाई ऋण प्रदान गर्न बैंकले ल्याएको यो योजनाले साना मझौला व्यवसाय विस्तारमा उल्लेख्य योगदान गर्ने अपेक्षा गरेका छौं।’

याे पनि पढ्नुस  बैंकको एटीएम लुट्ने चिनियाँ नागरिकबाट एक करोड २६ लाख बरामद

अर्थतन्त्रको मेरुदण्ड मानिने एसएमईमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी न्यून छ। नबिल बैंकले बेलायति सहयोग नियोग (यूकेएड) सक्षमसँगको सहयोगमा एसएमईमा ऋण लगानी सम्बन्धमा प्राविधिक सहयोग लिएर एसएमई लोनमा काम गरिरहेका कर्मचारीको दक्षता विकास गरेको छ। सक्षमको सहयोगमा बैंकले स्थापना गरेको एसएमई हबले मुलुकमा एसएमईको विकासमा ठोस योगदानका लागि काम गरिरहेको शाहले बताए। ‘एसएमईको विकासका लागि नबिलको सजिलो एक्सप्रेस कर्जा योजना एउटा कदम हो’, शाहले भने। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्