बीबीएलः कप्तान फिन्चको अर्धशतक, पहिलो जितको खोजीमा टिम

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्ग होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न रेनेगेड्सका कप्तान आरोन फिन्चले शानदार अर्धशतक बनाएका छन् । उनले ३६ बलमा ६ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

जारी लिगमा फिन्चको टिमको यो पहिलो खेल हो । उनको टिम पहिलो खेलमा पर्थ स्कोरचर्सविरुद्ध पराजित भएको थियो ।

याे पनि पढ्नुस  बीबीएलः डेल स्टेन पनि सन्दीपआवद्ध मेलबर्न स्टार्समा अनुबन्ध

यो सिजनको बीबीएलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलिरहेका छन् । उनी यो संस्करणमा पनि मेबलर्न स्टार्सबाट खेलिरहेका हुन् ।

सन्दीपआवद्ध मेलबर्नले सुरुवातका २ खेलमा जित हासिल गरिसेको छ । मेलबर्नले आफ्नो तेस्रो खेल शुक्रबार राशिद खानआवद्ध एडिलेड स्ट्राइकर्सविरुद्ध खेल्दै छ । जारी बीबीएलमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्