अवकासको ७ महिना पछि शिक्षकको बढुवा !

तनहुँः अवकास भएको सात महिना पछि शिक्षक सेवा आयोगले शिक्षकको बढुवा गरेको छ ।

व्यास नगरपालिका ९ स्थित बसाहास्थान माध्यमिक विद्यालयमा कार्यरत नारायणदत्त पौडेल गत असार ५ गते उमेर हदका कारण अवकास भएका थिए । तर आयोगले सात महिना पछि उनको बढुवा गरेको हो ।

याे पनि पढ्नुस  हेर्नुस्, १७ जिल्लाको प्रा.वि तहको नतिजा (नतिजासहित)

अभिलेख समयमा आई नपुगेका कारण पुरानै अभिलेखमा काम गर्दा त्यस्तो भएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताए ।

२०६५ सालमा मावि द्धितीयमा बढुवा भएका पौडेल आयोगले समयमा काम नगरिदिदाँ आफू माथि अन्याय भएको गुनासो गर्छन् । लामो समय श्रोत व्यक्तिका रुपमा कार्य गरेका पौडेल २०३५ सालमा प्राथमिक तहको शिक्षकबाट सेवा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्