निमावि लाईसेन्स परीक्षाको कापी परीक्षण शुरू, कहिले सार्वजनिक हुन्छ नतिजा?

भक्तपुरः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरू गरेको छ ।

१ सय ८० जना परीक्षकले कापी परीक्षणको काम गरिरहेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

लाईसेन्स परीक्षाअन्तर्गत निमाविका लागि ५६ हजार एक सय ४० परीक्षार्थी सहभागी भएको उनले बताए । नतिजा सार्वजनिक हुन भने समय लाग्नेछ ।

कमेन्ट गर्नुहोस्