काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।