नेपाल पत्रकार महासंघ युएई शाखाको आयोजनामा सुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम 

युएई ।नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ बर्ष २०२० को अवसरमा सुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

आउँदो शुक्रबार २७ तारीख दुबईको जाबिल पार्कमा दिनको १ बजे बाट कार्यक्रम सुरु हुने महासंघ अध्यक्ष लक्ष्मण खनालले जानकारी दिएका छन् । कार्यक्रममा युएईमा रोजगारी संगै विभिन्न संचारमाध्यममा आवद्ध रहेका संचारकर्मी संघसंगठनका प्रतिनिधि,व्यावसायि र विभिन्न छेत्रमा कार्यरत नेपालीहरुको कार्यक्रममा उपस्थिति रहने खनालले बताएका छन् ।

कार्यक्रममा मनोरंजन सङ्गै विभिन्न खानाका परिकारहरुको समेत ब्यबस्था गरिएको छ।

रोजगारी तथा व्यवासायका लागि युएई आएका नेपाली माझ आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाइ राख्न हरेक बर्ष महासंघले यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्