बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा

दाङः जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
खण्डग्रास सूर्यग्रहण लाग्ने दिने बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयमा बिदा दिइन लागेको हो । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म ग्रहण देखापर्ने भएकाले बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ । नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्