काठमाडौंः दीपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा ४’ निर्माण गर्ने भएको छ ।
चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीका अनुसार वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ ।
दीपाश्री निरौलाले नै निर्देशन गर्ने चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललगायतको अभिनय रहनेछ । नायिकालगायत अन्य कलाकारको टुङ्गो लगाउने कार्य भइरहेको छ ।
छक्का पन्जा ३ को कथा जहाँ सकिएको थियो, त्यहीबाट ‘छक्का पन्जा ४’को कथा सुरु हुने गिरीले जानकारी दिएका छन् ।
नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा’का ३ वटा सिरिजले राखेको छ ।