गोरू हत्या गरेको आरोपमा धनगढीमा ३ जना पक्राउ

कैलालीः गोरुको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहनगरपालिका–६ बस्ने २० वर्षका यज्ञ सार्की, देब सार्की र २२ वर्षका प्रकास सार्की रहेका छन् ।

पक्राउ परेकाहरूले सोही ठाउँका देउसरी सार्कीको गोरु चराउन जङगलतर्फ छोडी दिने भनेर सरस्वती सामुदायिक वनमा धारिलो हतियार प्रयोग गरी गोरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

याे पनि पढ्नुस  डेढ लाख बढी रुपैयाँसहित २८ जुवाडे पक्राउ (नामसहित)

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट दिन ७ म्यादथप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्