बच्चाले कतै भावनात्मक यातना त भोगिरहेका छैनन्?

काठमाडौंः बालबच्चाले होमवर्क गरेन वा पढाईमा ध्यान दिएन भने विद्यालयमै यातना दिइन्थ्यो । कहिले कुखुरा बन्न लगाएर त कहिले कक्षाबाट बाहिर निकालेर । अहिले यस किसिमको यातना दिन निषेध छ । त्यसैले बालबच्चालाई कुटेर ‘तह’ लगाउनेभन्दा पनि सम्झाई-बुझाई गलत कामबाट रोक्ने विधी अपनाउनुपर्छ भन्न थालिएको छ ।

यद्यपि भित्र-भित्रै भने शिक्षकहरुले बालबालिकालाई कुटपिट गरिरहेको हुन्छन् । कतिपय बालबालिका विद्यालय जान नमान्नुमा शिक्षकले दिने यातनाकै भय हो । यातनाबाट बच्नका लागि उनीहरु विद्यालयबाट नै भाग्न खोज्छन् ।

भावनात्मक यातना

बालबालिकालाई सजायको नाममा कुटपिट गर्न पाइदैन । कुटपिट नगरी बच्चालाई कसरी पढाईमा लगाउने ? कसरी अनुशासित बनाउने ? कसरी सभ्य बनाउने ? संभवत यसबारे भने शिक्षकहरुलाई बुझाइएको छैन । त्यसैले उनीहरु बच्चालाई खुलमखुला कुटपिट त गर्दैनन्, तर भावनात्मक यातना दिन्छन् ।

याे पनि पढ्नुस  कसरी बनाउने बच्चालाई स्मार्ट? यस्ता छन् उपाय

के हो त भावनात्मक यातना ? कसरी दिइन्छ ?

बालबालिकाले विद्यालयमा भावनात्मक यातना खेपिरहेका हुनसक्छन् । तर, यसलाई उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । वा आफुमाथि के भइरहेको भन्ने कुरा प्रष्टसँग भन्न सक्दैनन् । न यो कुरा सहपाठीले देख्छन्, न अभिभावकले नै ।

तर, कुटपिट गरेर बालबालिकालाई जसरी तसाईन्छ ठिक यसैगरी भावनात्मक यातना दिएर बालबालिकालाई हतोत्साही बनाइन्छ । भयभित बनाइन्छ । खासगरी पढाईमा कमजोर बच्चामाथि शिक्षकले यस किसिमको यातना दिन सक्छन् ।

याे पनि पढ्नुस  १०१ वर्षकी महिला बनिन् आमा!

जस्तो तपाईंको बच्चा कमजोर छन् । यस्ता बच्चाप्रति शिक्षकको खास लगाव हुँदैन । उनीहरु त कक्षाकोठामा तिनै बच्चामाथि लगाव राख्छन्, जो फटाफट प्रश्नको उत्तर लेख्न र भन्न सक्छन् । पढाईमा तगडा हुन्छन् । सक्रिय हुन्छन् ।

कमजोर विद्यार्थीप्रति भने शिक्षक त्यती सन्तुष्ट हुँदैनन् । उनीहरुले कतिपय प्रश्नको हल गर्न सक्दैनन् । कतिपय कुरा बुझ्दैनन् । पटक-पटक पढाउँदो पनि ग्रहण गर्दैनन् । होमवर्क सही ढंगले गरेर ल्याउँदैनन् । यस्ता बालबालिकामाथि शिक्षकहरु रुष्ट हुन्छन् । जबकी ति बालबालिकालाई खुलेर यातना दिन पनि सक्दैनन् । अन्ततः उनीहरुले त्यस्ता बालकालिकालाई बेवास्ता गर्ने, हेला गर्ने गर्छन् । ति बालकालिकाले सोधेको कुरामा पनि खास वास्ता नगर्ने । ति बालकालिकाको नबुझेको कुरामा खास मतलब नगर्ने ।

याे पनि पढ्नुस  सावधान, बच्चामा यी लक्षण देखिए हुनसक्छ कोरोना, वैज्ञानिकहरुले गरे नयाँ खुलासा

यस्ता बालबालिकासँग शिक्षकहरु राम्ररी घुलमिल भएर मित्रवत् व्यवहार पनि गरिरहेका हुँदैनन् । शिक्षकको यस किसिमको व्यवहारले ति बालबालिकाको मनमा ठेस पुर्याइरहेको त हुन्छ, तर त्यसबारे खुलेर भन्न सक्दैनन् ।

त्यसैले आफ्नो बच्चा विद्यालयमा कसरी प्रस्तुत हुन्छन् ? शिक्षकसँग कति सहज अनुभव गर्छन् ? कक्षाकोठामा कसरी बस्छन् रु यसबारे अभिभावकले सुक्ष्म अध्ययन गर्नुपर्छ । किनभने शिक्षकहरुले गर्ने मनोवैज्ञानिक व्यवहारले बच्चालाई गंभिर असर पनि गरिरहेका हुनसक्छ ।

कमेन्ट गर्नुहोस्