बाजुराः जिल्लाको हिमाली गाउँपालिका वडा नम्वर ७ बस्ने पुर्णवीर नेपालीको युएईको दुवईमा हत्या भएको छ। कम्पनिले दिएको कोठामा बस्दै आएका उनको एक साता अगाडी नै हत्या भएपनि अहिले सम्म शव भने ल्याईएको छैन्। उनको शव शौचालयको ढोकामा फेला परेको थियो।
मृतकसँगै एउटै कम्पनीमा काम गरिरहेका रामलाल बिकले साँझ एउटै कोठामा खाना खाएको बताउँदै शौचालय गएका पूर्णविर केही समयपछि मृत अवस्थामा फेला परेको बताए। पूर्णविरको धारीलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने उनले वताए। उनको हत्या भएको एक साता भएपनि उनको शव दुबईमा नै अलपत्र रहेको छ।
बाजुराको हिमालीगाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाही र वडा नम्वर ६ बस्ने गणेश नेपालीलाई दुबैइ प्रहरीले समातेर अनुसन्धान गरिरहेको दुबैइबाट रामलालले बताए। मृतक पुर्णवीर दुई बर्ष पहिले डेल्टा प्राली म्यानपावर मार्फत दुबई पुगेका थिए।