काठमाडौंः चाणक्य अर्थात् कौटिल्य राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपूर्ण हुनसक्छ ।
१– संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो ।
२– यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस्।
३– सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
४– तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र सज्जनसँग कहिल्यै विवाद नगर्नुस्
५– कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो ।
६– धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो ।
७– जति नै भोकाए पनि बाघले घाँस कहिल्यै खाँदैन ।
८– सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ।
९– श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।