पोखरा विश्वविद्यालयको स्नातक तहको नतिजा सार्वजनिक

काठमाडौंः पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको सातौँ र आठौँ सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल प्रकाशित गरेको छ ।

बीबीए, बीबीए–बीआई, बीबीए–टिटी, बीएचएम, बीएचसीएम, र बीसीआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बीसीए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्