‘मालिक नभेटिए सम्पत्ति जफत गरेर किसानको उखुको मूल्य दिन्छौं’

काठमाडौंः उद्योगमन्त्री लेखराज भट्टले चिनी उद्योगका मालिकलाई उखु किसानको बक्यौता रकम जसरी भए पनि तिराउने बताएका छन् ।

उनले त्यसका लागि चिनी उद्योगका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेको बताए । सो पत्रअनुसार गृह मन्त्रालयले चिनी उद्योगका मालिकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

याे पनि पढ्नुस  आपूर्ति सहज बनाउन मन्त्री भट्ट नै स्वयं सक्रिय

भट्टले चिनी उद्योगका मालिक नभेटिएमा उद्योगको सम्पत्ति जफत गरेर भए पनि किसानको उखुको मूल्य भुक्तानी गराउने जानकारी दिए ।

कृषि र अर्थ मन्त्रालयसँग समन्वय गरेर किसानले तत्काल अनुदान पाउने पनि मन्त्री भट्टले दावी गरे ।

कमेन्ट गर्नुहोस्