कांग्रेस कार्यसमिति बैठक पुष १७ गते बोलाइयो

काठमाडौंः नेपाली कांग्रेसले पुष १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक पुष १७ गते दिउँसो २ बजे बस्नेछ।

बैठकमा माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न हुने कांग्रेसले जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बैठक बहिष्कार गर्दै आएको थियो । त्यसका बाबजुत सभापति शेरबहादुर देउवाले पौडेल पक्षको उपस्थितिविना बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेपछि उक्त झनै असन्तुष्ट बनेको छ ।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनमा डा. देवकोटा विजयी, बादल पराजित

कमेन्ट गर्नुहोस्