बीबीएलः एडिलेटले पायो १६९ नको लक्ष्य, महँगा बने आज राशिद खान

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डरले एडिलेड स्ट्राइकर्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको सिड्नीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि ओपनर उश्मान ख्वाजा र कप्तान कलुम फग्र्युसनले अर्धशतक बनाए ।

याे पनि पढ्नुस  बीबीएलमा सर्बाधिक विकेट लिने खेलाडी, सन्दीप कति औँ स्थानमा? (नामसहित)

कप्तान फग्र्युसनले ४६ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७४ रनको योगदान दिए । ख्वाजाले ५० बलमा १ छक्का र ६ चौकाको मद्दतमा ६३ रन बनाए ।

यस्तै एलेक्स रसले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा एडिलेटका पीटर सिड्डलले २, राशिद खान र बिली स्टानलेकले एक–एक विकेट लिए । स्टार बलर राशिदले आज एक विकेट लिए पनि महँगा सावित भए । उनले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर ४४ रन खर्चिए ।

याे पनि पढ्नुस  बीबीएलः सन्दीपआवद्ध मेलबर्नको तेस्रो जित, उक्लियो दोस्रो स्थानमा

अघिल्लो खेलमा उत्कृष्ट बलिङ गरेका राशिदले आफ्नो अन्तिम ओभरमा एक विकेटसहित १९ रन दिएका थिए । राशिद आवद्ध एडिलेट ४ खेलमा ३ म्याचमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।

एक खेलमा भने वर्षा परेपछि एडिलेटले अंक बाँडेको थियो । तालिकाको दोस्रो स्थानमा नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स छ । मेलबर्नले आफ्नो पाँचौ खेल बिहीबार सिड्नी थन्डरविरुद्ध खेल्ने छ ।

याे पनि पढ्नुस  बीबीएलः सिड्नीविरुद्ध पिटिए सन्दीप

कमेन्ट गर्नुहोस्