एनसेलले तिर्‍यो ४ अर्ब ५० करोड पूँजीगत लाभकर

काठमाडौंः दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले किस्ताबन्दी सुविधाअनुसार २०७७ साल असार मसान्तसम्ममा एनसेलले सबै आयकर तिरिसक्नुपर्ने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता

सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

कमेन्ट गर्नुहोस्