बुधबार बस्ने प्रतिनिधिसभा बैठक पुस २७ गतेसम्म स्थगित

काठमाडौंः बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि सारिएको छ ।

संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबार दिउँसो १ः०० बस्ने गरी निर्धारण गरिएको महाचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  प्रहरी समायोजन विधेयकमाथिको छलफल प्रस्ताव स्वीकृत

कमेन्ट गर्नुहोस्