मुकुन्द नरवणे बने भारतीय नयाँ सेना प्रमुख

काठमाडौंः भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।

उनले विपिन रावतको स्थान लिएका हुन् । रावतको कार्यकाल आज सकिएकाले नरवणले भारतको नयाँ प्रमुख सेनाको जिम्मेवारी पाएका हुन् ।

नरवणे भारतका २८ औँ सेना प्रमुख हुन् । उनीसँग कश्मीर र उत्तर पूर्वी भारतको चरमपन्थ विरोधी अभियानको अनुभव छ ।

उनले जम्मू कश्मीरमा एक राष्ट्रिय राइफल्स बटालियनको कमाण्ड सम्हालेका थिए र मेजर जनरलको रुपमा असम राइफल्समा इन्स्पेक्टर जनरल पनि थिए । दिल्ली आउनुअघि उनी कोलकत्तामा पूर्वी कमाण्ड प्रमुख थिए ।

हालै मात्र पूर्वी सीमामा अभ्यास गराउने योजना नवरणेकै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पनिः सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने!

कमेन्ट गर्नुहोस्