जैविक धार्मिक पर्यटन मार्ग म्याराथनको उपाधि सेनाका दनुवारलाई

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्तनगरमा आज भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले हात पारेका छन् ।

भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ ।

याे पनि पढ्नुस  ट्रयाक्टरको ठक्करबाट सशस्त्रका हवल्दारको ज्यान गयो

त्यसैगरी प्रतियोगितामामा सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र सेनाकै खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भए ।

प्रतियोगितामा प्रथम हुने दनुवारलाई रु ४० हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पुरस्कृत गरिएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुर: दिलिपसिँह बिष्टसँगै बम दिदीबहिनी पनि रिहा

भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा महिला १५ किलोमिटर म्याराथनमा भीमदत्तनगरका पुष्पा पाण्डे प्रथम भइन । सेनाका श्री नं २५ बाहिनी अड्डाका लक्ष्मी सुनार दोस्रो र सेनाका दवीदल गण मझगाउँ ब्यारेकका पुष्पा चन्द तेस्रो भएका हुन् ।

महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई ट्रफीसहित क्रमशः रु २० हजार, रु १५ हजार र रु १२ हजारसहित पुरस्कृत गरिएको छ ।

कमेन्ट गर्नुहोस्