काठमाडौंः भ्रमण वर्ष २०२० बुधबारबाट सुरु हुँदैछ । नेपाल आउने धेरै पर्यटक नेपालमा हाल सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने तथा जाने गर्छन् ।
पर्यटकका लागि मुख्यद्वारको रुपमा रहेको सो स्थलको आगमन तथा प्रस्थान कक्षमा अहिले निकै सुधार भएको पाइएको छ ।
सरसफाइ तथा साजसज्जामा निकै फरक अनुभूति गर्न सकिन्छ । भित्ताहरुमा पोस्टर तथा गमलाको सजावटले चिटिक्क विमास्थल बनेको छ ।