आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौ‌ंः नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ७३ हजार ५ सय निर्धारण गरिएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबीको सुनको मूल्य पनि आज स्थिर नै रहेको छ । बुधबार पनि तेजावी सुन प्रतितोला ७३ हजारमै कारोबार भइरहेको छ ।

चाँदीको भाऊ भने आज घटेको छ ।

मंगलबार प्रतितोला ९ रुपैयाँ पुगेको चाँदीको मूल्य आज ८ सय ९० सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्