परिस्थितिले प्रधानमन्त्री बनें, देश बनाउने मौका गुमाउँदैनः ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू परिस्थितिले प्रधानमन्त्री बनेको भन्दै देश बनाउने मौका नगुमाउने बताएका छन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विगत र वर्तमानलाई तुलना गर्दै ओलीले भने, ‘जेलमा बस्दा कहिले मर्छु कहिले मर्छु भन्ने थियो । आशा थिएन प्रधानमन्त्री हुन्छु भन्ने । अहिले प्रधानमन्त्री भएको छु । देश बन्नुपर्छ, बनाउनुपर्छ । त्यो मौका गुमाउँदैन ।’

याे पनि पढ्नुस  श्रमिकहरुका कष्टकर जीवनप्रति अत्यन्तै दुःखी छु: प्रधानमन्त्री ओली (भिडियो)

सपनाबारे सोधिएको एक प्रश्नमा उनले निदाएर देख्ने सपनाको अर्थ नहुँने भन्दै आफूले देश र जनताको भविष्यका बारेमा विपनामा सपना देख्ने गरेको बताए । ओलीले प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्