सुदूरपश्चिममा भूकम्पको धक्का

कैलालीः बुधबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आज अपरान्ह ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाको हिकिला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केल भूकम्पको पराकम्प गएको हो ।

भूकम्पको क्षतीबारे कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्