१७ वर्षअघि रामकृष्ण र नीलमबीच यसरी सुरु भएको थियो प्रेम

काठमाडौंः सामान्य किसान परिवारका सदस्य रामकृष्ण ढकालले १० वर्षको उमेरमा ‘गाजलु ती ठूलाठूला आँखा’ गाएर गायन यात्रा सुरु गरेका थिए। कलेज कलेजमा गीत गाउँदै संघर्ष गरेका उनी नारायण गोपालका गीत गाएर चर्चित भएका थिए।

ढकाल गायन यात्राको जीवनकै उच्चबिन्दुमा थिए। उनको ‘आधार’ एल्बम निस्किएर हिट भइरहेको थियो। यही बेला ढकालले एक विज्ञापनमा नीलम शाहको तस्बिर देखेपछि उनलाई खोज्दै कलेज पुगेका थिए। दुवैबीच फोन संवाद सुरु भयो। फोनमा कुरा गर्दागर्दै भेटघाट बढ्यो। दुवैको मनमा प्रेम टुसायो।

याे पनि पढ्नुस  ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’

ढकालले शाहको बुबालाई फोन गरेर शाहसँग विवाह गर्न चाहेको बताए। नीलमका ठकुरी बुबा ढकालसँग विवाह गरिदिन राजी भएनन्। उनको परिवारको चयन ठकुरी बिरादरीमै थियो। तर दुवैको प्रेमले शाहको परिवार विवाहका लागि राजी भयो र चिनजान भएको डेढ महिनामै ठकुरी परिवारकी नीलमसँग २०५९ मंसिर १४ मा ढकालको विवाह भयो।

याे पनि पढ्नुस  गायक रामकृष्ण ढकालले गरे सम्बन्धविच्छेद

शाहसँग विवाह भएसँगै ढकालको लवाइखवाइ र जीवनशैली नै बदलियो। सोझो छविका उनी एकाएक कानमा कुण्डल लगाउँदै देखापरे। शाहमा पनि मोडलिङको सौख थियोे। उनले ढकालसँगै ‘नजिक आउनुमा’ बोलको गीतमा म्युजिक भिडियोमा अभिनय पनि गरिन्।

नगरकोटमा दोस्रो एनिभर्सरी मनाउन जाने क्रममा पूर्वयुवराज शाहले नीलमलाई जिस्क्याएको विषयमा ढकाल र पारसबीच झगडा भएको चर्चा भएको थियो। विवादमा पारसले ढकाललाई कुटेको दाबी आएको थियो। तर ढकालले पारससँग आएकाहरूसँग विवाद भए पनि कुटाकुट नभएको दाबी गरेका थिए।

याे पनि पढ्नुस  रामकृष्ण ढकालको डिभोर्स नाटक!

शाहसँगको प्रेमयात्राबारे प्रायः ढकालले भन्ने गर्थे, ‘हाम्रो प्रेम र विवाह फिल्मी छ, फिल्म बनाए पनि हुन्छ।’

पुस ८ अगाडि फिल्म बनेको भए सायद ह्याप्पी इन्ड्रि हुन्थ्यो कि! अब रामकृष्ण र नीलमको प्रेमयात्राबारे फिल्म बन्यो भने इन्डिङ ट्रेजेडीमा टुंगिनेछ। यो खबर पुस १८ काे शुक्रबार साप्ताहिकले छापेको छ।

कमेन्ट गर्नुहोस्