विप्लव समूहका जिल्ला नेताद्वारा पार्टी परित्याग

गुल्मीः गुल्मीमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला नेताले पार्टी परित्याग गरेका छन् ।

तीन वर्षदेखि विप्लव समूहमा जिल्ला सचिवालय सदस्यका रूपमा रहेका मालिका गाउँपालिका–१ नेटाका दुजमान पुनले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आई विप्लव समूह छोडेको घोषणा गरेका हुन् । उनले अब स्वतन्त्र रूपमा रहने भन्दै प्रशासनसमक्ष आफैँ आई समूह परित्यागको घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए ।

याे पनि पढ्नुस  विप्लवको निशानामा रहेका मुख्यमन्त्री शाही मोटरसाइकलमा कालिकोट पुगेपछि

आफूले सोचेअनुरूप पाटीले काम नगरेको र आर्थिक गतिविधिमा मात्र सीमित भएकाले आफूले पाटी त्याग गरेको पुनले जनाएका छन्। उनले अब आफू स्वतन्त्र नागरिकको रूपमा जीवनयापन गर्न चाहेको उनले बताए।

कमेन्ट गर्नुहोस्