कलंकी–चाबहिल सडकमा आकाशे पुल, ट्राफिक लाइट र आइल्याण्ड पनि

काठमाडौंः चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज–धोबीखोला (चाबहिल) खण्ड आठ लेनमा विस्तारका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु हुँदै छ । १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेपछि प्रक्रिया थालनी गर्न लागेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

‘साढे दुई महिनाभित्रै जग्गा प्राप्तिको काम सम्पन्न गर्ने गरी प्रक्रिया थाल्दै छौँ,’ उनले भने । सडक सीमा दुवै किनारामा ३१–३१ मिटर कायम हुने गरी जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । ‘त्यसैअनुसार अब सूचना निकालेर जग्गा प्राप्तिको प्रक्रिया थालिनेछ,’ उनले भने ।

याे पनि पढ्नुस  चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

कलंकीदेखि धोबीखोलासम्म कुल ११ किलोमिटरमध्ये नारायणगोपाल चोकस्थित २१७ मिटर लम्बाइमा भने थप जग्गा अधिग्रहण गर्नुपर्नेछ । कुल ३१ मिटरमध्ये अधिग्रहण गर्नुपर्नेमा १५ मिटरसम्म अहिले नै सरकारको स्वामित्वमा छ । ‘बाँकी १६ मिटर टाढासम्मको जमिन प्राप्त गर्नुपर्नेछ,’ सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने । अब २५ रोपनी जग्गा प्राप्त गर्न बाँकी रहेको उनले बताए ।

याे पनि पढ्नुस  चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर खण्डको डिजाइनमा आकासेपुल, बटुवा हिँड्ने स्पेस, ट्राफिक लाइट, ट्राफिक आइल्यान्ड, सडकबत्तीलगायतका आधारभूत विषय छुटेको थियो । त्यसो हुँदा सडक सुन्दर बने पनि आमनागरिकका लागि प्रयोग कठिन भइरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्